बिर्तामोड । 

प्रवासी झापाली सम्पर्क मञ्च नेपालले भेटघाट तथा पुनर्मिलन कार्यक्रम झापाको बिर्तामोडमा सरोकारवालासँग छलफल तथा अन्तरक्रियात्यक कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले हाल भइरहेका सहयोग र आगामी दिनमा कस्ता कार्यक्रम सञ्चालन गर्ने बिषयमा भेटघाट तथा पुनर्मिलन कार्यक्रममा छलफल गरेको मञ्चका अध्यक्ष सुदर्शन रोकाले जानकारी दिए । 

 प्रवासी झापाली सम्पर्क मञ्च नेपालका अध्यक्ष सुदर्शन रोकाको अध्यक्षतामा भएको कार्यक्रममा अधिकांश सरोकारवालाहरुको सहभागीता रहेको थियो । 

कार्यक्रममा झापाली समाज कतारका अध्यक्ष चानिलाल राजवंशी, प्रवासी झापाली सम्पर्क मञ्च नेपालका निवर्तमान अध्यक्ष नेत्रप्रसाद प्रसाईं, संस्थापक सचिव बिरु दर्नाल, गणेश काफ्ले, अपाङ बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलाल, दमक अपाङ सहयोग समितिका सचिव मदनकुमार बोहरा लगायत आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । 

कार्यक्रममा सल्लाहकार संयोजक गुरुभक्त काफ्ले, सल्लाहकारहरू पिताम्बर निरौला तथा खगेन्द्र चापागाईं, सदस्यहरूको उल्लेखीय सहभागीता रहेको बताइएको छ । कार्यक्रमको सञ्चालन मञ्चका सचिव बिजयकुमार मगरले गरेका थिए । छलफलमा अपाङ्गताका समस्या र मञ्च मार्फत हाल भइरहेका सहयोग आगामी दिनमा गरिने कार्यक्रम र शैक्षिक क्षेत्रका बिषयमा छलफल भएको बताइएको छ ।