लक्ष्मीपुर ।
झापाको अर्जुनधारा नगरपालिका–५ स्थित लक्ष्मीपुरको ब्राइटर इग्लिस स्कुलले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।
पालिकामा रहेका सामुदायिक तथा संस्थागत बिद्यालय मध्ये एसईईमा उत्कृष्ट नतिजा ल्याउँदै ब्राइटर स्कुल पालिकाकै चौथो भएको प्रिन्सिपल भास्कर भट्टराईले जानकारी दिए ।
उनका अनुसार ब्राइटर स्कुलबाट २६ जना बिद्यार्थी सहभागी रहेका मध्ये २३ जनाले उत्कृष्ट नतिजा ल्याएका छन् । २ जनाले ए प्लस, ९ जनाले ए, ६ जनाले बि प्लस र अन्यले बि ल्याउन सफल भएको प्रिन्सिपल भट्टराईले बताए ।
संस्थागत बिद्यालयतर्फ ब्राइटरले ८५.१८ प्रतिशत ल्याए चौथो भएको छ भने पहिलो अर्जुनधारा–८ को रुपरत्न मेमोरियल इग्लिस स्कुल ८८.३७ प्रतिशत ल्याएर पहिलो भएको थियो भने भने दोस्रो ८८ प्रतिशत ल्याएर देवभूमी इग्लिस बोडिङ स्कुल र ८७.८ प्रतिशत ल्याएर तेस्रो भएको बताइएको छ ।
यस्तै सामुदायिक तर्फ अर्जुनधारा–६ को लक्ष्मी माबि ८२.१७ प्रतिशत ल्याएर पालिकाकै पहिलो भएको प्रिन्सपल भट्टराईले जानकारी दिए । अर्जुनधारा नगरपालिकामा हाल सामुदायिक र संस्थागत गरेर २४ वटा बिद्यालय छन् ।


















