घैलाडुब्वा । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र घैलाडुब्वाले तीन लाख २० हजार रुपैयाँ ऋण मिनाहा गरेको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको संस्थाले आज (बुधवार) घैलाडुब्वा सेवाकेन्द्र मार्फत सदस्यको कर्जा मिनाहा गरेको हो । 

संस्थाको कर्जा सुरक्षण कार्यक्रम अन्तरगत समुहकी सदस्य चन्द्रावती राजवंशीको श्रीमानको मृत्युपछि उनले लिएको ऋणबापतको तीन लाख २० हजार रकम फिर्ता गरेको घैलाडुब्वा सेवा केन्द्र प्रमुख निर्मला प्रसाईले जानकारी दिइन् । 

संस्थाको सेवाकेन्द्र घैलाडुब्वा अन्तरगत सञ्चालित मिलन सहारा महिला समुह समुह नम्बर ४५ की चन्द्रावतीका श्रीमान बिष्णुप्रसाद राजवंशीको केहीदिन अघि निधन भएको थियो । 

घैलाडुब्वा सेवाकेन्द्र उप–समिति सदस्य गोबिन्द उप्रेती, सेवाकेन्द्र प्रमुख निर्मला प्रसाई समुहकी फिल्ड कर्मचारी रविनाकुमारी चौधरीले संयुक्त रुपमा समुहको वैठककै अवसरमा ऋण मिनाहा वापतको चेक हस्तान्तरण गरेका थिए । 

सोही अवसरमा सेवाकेन्द्र प्रमुख प्रसाईले संस्थाको अवस्था, गतिविधि र सदस्यहरुलाई दिइदै आएको सेवासुबिधाका बिषयमासमेत जानकारी गराएकी थिइन् ।