बिर्तामोड । 

झापाको बिर्तामोड–४ स्थित गोमेन्द्र बहुमुखी महाबिद्यालयले बिद्यार्थीहरुलाई दीक्षित गरेको छ । महाविद्यालयले शनिवार बिर्तामोडमा आयोजित कार्यक्रमकाबिच बिद्यालयमा बिबिए अध्ययनरत १७ औं ब्याच र बिसिए २१ औं ब्याचका बिद्यार्थीहरुलाई दिक्षित गरेको हो । 

वि.सं. २०५३ सालमा शिक्षासेवी स्व. गणेशप्रसाद खनालले स्थापना गरेको बिद्यालयले बिबिएमा २८ जना र बिसिएका ३७ जना गरी जम्मा ६५ जनालाई दिक्षित गरेको छ । 

महाबिद्यालयका प्राचार्य तथा प्रमुख डा. रुपक खनालको अध्यक्षतामा भएको कार्यक्रममा मोहनमाया माविका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि प्रकाश डा. खनालले पारेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल, शिक्षक तथा बिद्यार्थीहरुले शुभकामनासहित आ–आफ्नो धारणा राखेका थिए ।

 स्वागत महाबिद्यालयकी सह–प्राचार्य सरु भुर्तेल खनालले गरेको कार्यक्रमको सञ्चालन शिक्षक शेखर पाण्डेले गरेका थिए ।  सोही कार्यक्रमकाबिच महाबिद्यालयका कर्मचारी अर्थात चालक रामप्रसाद खरेल (राजन) लाई नगद ७ हजार ७ सय ७७ रुपैयाँसहित सम्मानसमेत गरिएको थियो । 

कार्यक्रमका बिच–बिचमा बिद्यार्थीहरुले नृत्य, गायनसहित मनोरन्जानात्मक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।