बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका–५ सुकुम्बासी बस्तीमा गाँजा बिक्री–वितरण भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ।
आज (बुधबार) दिउँसो अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले स्थानीय ५८ वर्षीय मोहमद जाबुल र उनकी ६५ वर्षीया श्रीमती सयरुन खातुनको घरमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ४०४ ग्राम र प्लास्टिक बाहेक ३६० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिएर नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको छ।


















