बुट्टाबारी । 

बन्दी सहायता नेपालद्वारा संचालित मनमाया बालगृहमा रहेकी सोनिया दर्जीलाई १० बर्षपछि परिवारसँग पुर्नमिलन गरिएको छ । बुबा आमासँग आस्रित कारागारमा रहेकी ४ बर्षिय सोनिया दर्जी झापा कारागारको सिफारिसमा २०७३ साल जेष्ठ १६ गते बन्दी सहायता नेपालको संरक्षणमा झापा अर्जुनधारा नगरपालिका–११ मा रहेको मनमाया आमा बालगृहमा ल्याइएको थियो । 

उनलाई सस्थाले स्थापना गरिएको जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा–११ मा कक्षा १ बाट कक्षा ५ सम्म अध्ययन गरि कक्षा ६ देखि मातृ बिद्यालय महारानीगञ्ज माबि अर्जुनधारा ११ अध्ययन गर्दै आएकी थिइन् । 

शैक्षिकसत्र २०८२ को एसईई परिक्षामा बि प्लस ल्याइ उतिर्ण भएकी थिइन्। पढाइ र नृत्यमा अब्बल सोनिया मिलनसार र अनुशासित विद्यार्थी थिइनु । उनी शिक्षक बनेर ज्ञानको ज्योति बाड्न शिक्षा शास्त्र बिषय लिएर  धुलाबारी माध्मिक बिद्यालय मेचिनगर जाने सोनियाले बताइन् । अध्ययनका लागि बन्दी सहायता नेपालले केही सहयोग गर्ने र बाकी परिवारले जुटाउनु पर्ने बताइन् । सामान्य ब्यवसायी गर्दै घर ब्यवहार चलाउदै आएका बुबा लालबहादुर दर्जी उनको लागि चुनौती थपिएको बताउछन् ।

 सस्थाका सस्थापक इन्दिरा राना मगर बेला–बेला कारागारमा आएर सहयोग गर्ने छुटिसकेपछि पनि घरमै आइ भेटघाट र छोरीलाई  १० सम्म आवाससहित पठनपाठन गराइ दिएको भन्दै  इन्दिरा राना, सस्थाका जगतबहादुर मगर, रन्जित परियारलगायत सम्पूर्ण पदाधिकारी,  कर्मचारीहरुमा दर्जीले आभार व्यक्त गरेका छन् । 

कार्यक्रममा नगद ११ हजार ५०० रुपैयाँ प्रोत्साहन सहयोग पुर्वान्चाल शाखा प्रमुख जगतबहादुर मगरले प्रदान गरेका थिए भने प्रमुख अतिथि अर्जुनधारा ११ कि जनप्रतिनिधि सुसिला गिरी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अबिचन्द्र बास्कोटा, कोषाध्यक्ष अम्बिका गुरुङ, शिक्षकहरु गीता देबि खरेल, अनुजा क्षेत्री, निर्मला लुइँटेललगायतले  सोनियालाइ दोसल्ला ओडाइ सम्मान तथा आगामी दिन सफलताको शुभकामना व्यक्त गरेका थिए। 

कार्यक्रममा पारिवारिक पुर्नमिलन हस्तान्तरण सम्झौतामा सस्थाको तर्फबाट जगत बहादुर मगर र परिवारको तर्फबाट बुबा लालबहादुर दर्जिले हस्ताक्षर गरि छोरी बुझेका थिए । उनलाइ परिवारसग रहँदा अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री सहयोग गर्ने प्रधानाध्यापक रन्जित परियारले बताए ।