झापा ।
बंगलादेशी र रोहिंगिया मुसलमानहरु नेपाल प्रवेश गरिरहेको अबस्थामा एकजना बंगलादेशी पूर्वी सीमामा पक्राउ परेका छन् । आज (शनिवार) दिउँसो १२ः४५ बजे मेचीनगर ६ गैरीगाउँमा भारत पानीट्यांकीबाट मेची खोलाको बाटो हुँदै नेपालतर्फ अनाधिकृत रुपमा प्रवेश गर्दै गरेको अबस्थामा बंगलादेशी नागरिक पक्राउ परेका हुन् ।
बंगलादेशको राहदानी बोकेका बंगलादेशी नागरिक तुलाटोली कचुआ मनोहरपुर –३६३० चाँदपुर बस्ने बर्ष ३३ का मोहम्मद सैफुल इस्लामलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
ती बंगलादेशी नागरिकलाई आवश्यक कारबाहीको लागि बसमार्फत अध्यागमन बिभाग काठमाडौको लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















