झापा । 

झापाको मेचीनगर नगरपालिका–४ वडा कार्यालय अगाडी जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज (आइतवार) बिहान ४ः५५ बजेको समयमा सोही स्थानकी ६२ बर्षीया  पद्मा पौडेल हात्तीको आक्रमणमा परी मृत्यु भएको हो । 

 घरबाट बाहिर निस्कने क्रममा अचानक एउटा जंगली हात्ती आएर उनलाई आक्रमण गरेको थियो । पौडेललाई हात्तीले कुल्चीदा घटनास्थल मै  मृत्यु भएको भन्ने जानकारी प्रहरी चौकी बाहुनडाँगीमा प्राप्त भएको थियो । 

प्रहरी टोली गएर घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली गएको थियो । 

प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया गरि पोस्टमार्टमको लागि लाश मेची प्रादेशिक अस्पताल भद्रपुरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।