बिर्तामोड ।
झापाको बिर्तामोडमा कोशी प्रदेश स्तरीय रक स्टारको तेसो संस्करण हुने भएको छ । संगीत क्षेत्रमा क्रियाशील युवा तथा नवप्रतिभाहरुलाई आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले ‘झापा रक स्टार’ को नयाँ संस्करण गर्न लागिएको आयोजकले आज (बिहीवार) बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
झापा रकस्टार खुल्ला ब्यान्ड प्रतिस्पर्धा कोशी प्रदेश स्तरीय आयोजना हुने बताइएको छ । विगत केही बर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आएको कार्यक्रम अंमृत स्टोर, बिर्तामोडको आयोजना तथा एन.एस.एस. इभेल्टको व्यवस्थापनमा सम्पन्न हुँदै आएको छ ।
यस कार्यक्रमले झापा तथा पूर्वी नेपालका उदाउँदा ब्याण्ड तथा संगीतकर्मीहरुलाई व्यवस्थित मञ्च प्रदान गर्दै आएको इभेन्टकी डाइरेक्टर सुनिता तामाङले बताइन् । उनले प्रतिस्पर्धामार्फत सहभागीहरूले आफ्नो प्रतिमा प्रस्तुत गर्नुका साथै सांगीतिक क्षेत्रमा आवश्यक अनुभव पनि बटुल्ने छन् ।
चार संस्करणका लागि गत वैशाख ५ देखि जेठ १० गतेसम्म आवेदन खुल्ला गरिएको थियो इभेन्टका पिआरओ प्रकाश संग्रौलाले जानकारी दिए । कार्यक्रममा कोशी प्रदेश भरिका विभिन्न स्थालबाट ब्यान्डहरुले सहभागिता जनाएका उनको भनाई थियो ।
पहिलो चरणको डिजिटल अडिसनमा करिव १२ वटा ब्यान्ड सहभागी रहेका थिए । कार्यक्रमको नियम र प्रतिस्पर्धात्मक प्रस्तुतिका आधारमा उत्कृष्ट सात ब्यान्डहरूलाई अर्को चरणको प्रतिस्पर्धाका लागि छनोट गरिएको इभेन्टका अध्यक्ष अमृत पौडेलले जानकारी दिए ।
क्रमश आगामी फिजिकल अडिसनबाट छनोट हुने उत्कृष्ट पाँच ब्यान्डले प्रतियोगिताको ग्राण्ड फिनालेमा प्रस्तुति गर्ने छन् । ग्रान्ड फिनालेमा उत्कृष्ट बान्डहरुले क्रमशः प्रथम हुनेले नगद पुरस्कार ५० हजारसहित लिभिङस्टोलन भि वान’एम गितार, पोटफोलियो सुट र अफिसियल म्युजिक भिडियो, दोस्रो हुनेले नगद ३० हजार पोटफोलियो सुट र एभरेष्ट गितार र तेस्रो हुनेले नगद २० हजार, पोटफोलियो सुट र साउण्ड स्केप गितार प्राप्त गर्ने छन् ।
झापा रकस्टार ब्यान्ड ब्याटल केवल प्रतिस्पर्धा मात्र नभई संगीतप्रेमी, कलाकार तथा दर्शकहरूलाई एउटै मञ्चमा जोड्ने सांगीतिक उत्सवका रूपमा स्थापित गर्दै गरेकोसाथै स्थानीय प्रतिभाको पहिचान प्रवद्र्धन तथा सांगीतिक संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुयाउने विश्वास लिइएको सुनिता तामाङले बताइन् । प्रतियोगिता सम्पन्न गर्न १५ लाख खर्च हुने आयोजकको अनुमान छ ।


















