झापा।
झापाको कनई नगरपालिकामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किदा बाबु छोरीको मृत्यु भएको छ । आज (शुक्रवार) मध्यान्ह १२ बजेको समयमा कनकाई–५ तुलसीवारीस्थित भित्री सडकखण्डमा सुरुङ्गावाट झापा बजारतर्फ जादै गरेको मे. ४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निक्लदै गरेको मे.१त ७४०४ नम्बरको ट्रयाक्टर एकआपसमा ठक्कीदा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–३ का २० बर्षीय समिर अली र पछाडी सवार उनकी आमा ४५ बर्षीया नुरेश सादेवी, उनकी छोरी ५ बर्षीया हाजिरा खातुनसमेत तीन जना घाइते भएका थिए ।
घाइतेहरुलाई कनकाई नगर अस्पताल सुरुङ्गा पठाइएकोमा उक्त अस्पतालमा पुग्नसाथ डाक्टरले चेकजाँच गर्दा समिर अली र हाजिरा खातुनलाई मृत घोषणा गरेका थिए । नुरेश सादेवीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
मोटरसाइकल, ट्रयाक्टर र ट्रयाक्टर चालक कनकाई–५ का ४६ का चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


















