झापा ।
झापाको बिर्तामोडमा चट्याङ लागेर दुई वटा गाईको मृत्यु भएको छ । गएराति बर्षासँगै परेको चट्याङ लागेर बिर्तामोड नगरपालिका वडा नम्बर १० स्थित कुवापानीमा दुई वटा गाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिर्तामोड नगरपालिका–१० कुवापानीका उदिम ओलीले आफ्नै ग्वालि घरमा बाधेको दुई वटा व्याउने गाईलाई चट्याङले हान्दा मृत्यु भएको बताइएको छ ।
गाईको मूल्य अन्दाजी दुई लाख मूल्य रहेको चट्याङले हानेर मृत्यु भएको भन्ने घटना सम्बन्धमा थप बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















