बिर्तामोड । 

विद्यार्थीलाई अध्यपानसँगसँगै विकास  र अबिभावक बिच रचनात्मक काम गर्दै आएको आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले विद्यार्थी तथा अभिभावक लाई ‘हाम्रो विद्यार्थी–हाम्रो भविस्य’ बिषयकमा अन्तरक्रिया कार्यक्रम सप्पन्न गरेको छ। 

बिद्यार्थी तथा नागरिकको प्रत्यक्ष  जीवनमा अपरिहार्य रहेको मानसिक स्वास्थ तथा लागूऔषध दुब्र्यसन न्यूनीकरणमा विद्यार्थी र अभिभावकको भुमिकालाई महत्त्वपूर्ण तवरले लिनुपर्ने आजको दिनको एक प्रमुख बिषय बस्तु बन्दै गएको बताइएको छ। 

मानसिक स्वास्थतर्फ डाक्टर सन्दर्भ अधिकारी र लागू औषधतर्फ रि बर्थ पुर्स्थापन केन्द्रका सस्थापक राजु गिरीले विद्यार्थी तथा अभिभावकलाई सहजिकरण गरेका थिए । आदर्श ब्याङ्केट बिर्ताएमोडमा कलेजले आयोजना गरेको  कार्यकममा बिर्तामोड मेडिकल हलका सन्चालक अशोक चौधरी, सुरुवाती कोठा नेपाल झापा, आदर्श हस्पिटालिटी, निदी सेकेन्डरी स्कुलको सहकार्य र समन्वय रहेको थियो। 

५० जना भन्दावढी अभिभावक र २ सय विद्यार्थीको सहभागीतामा आयोजित कार्यक्रमको आदर्श कलेज क सस्थापक प्रल्लाद खरेलको अध्यक्षतामा सम्पन्न  भएको कलेजकि विद्यार्थी कल्याण बिभाग सुपरभाइजर पुजन भट्टराईले जानकारी दिएकी हुन् ।