सुरुङ्गा ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले झापाको कनकाई नगर समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको कनकाई नगर समितिको कार्यालयमा आज (आइतवार) कनकाई नगर समितिका संयोजक प्रतिक राजवंशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
पार्टीका केन्द्रीय सदस्य झलकसिंह दर्लामी सन्देशको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टी केन्द्रीय सदस्य मणिकुमार साम्पाङ (बिजय), झापा जिल्लाका सह–इन्चार्जहरू बासु दुलाल, सीपी कडेरिया, वीरेन्द्र बस्नेत तथा जिल्ला संयोजक पवन तिमल्सिना जिल्ला सह–संयोजक बीपी भट्टराईको पनि आतिथ्य रहेको थियो।
कार्यक्रममा नगर समितिका पदाधिकारी तथा सदस्यहरूलाई विशिष्ट अतिथि मणिकुमार साम्पाङले सपथ ग्रहण गरेका थिए । पार्टी केन्द्रीय सदस्य तथा झापा जिल्ला सह–इन्चार्ज बासु दुलालले पार्टी पार्टीका विगतका गम्भीर कमी कमजोरीको आत्म समीक्षा गर्दै रूपान्तरणमा प्रतिबद्ध भएर अगाडि बढ्ने र आफ्नो वर्गतिर फर्कने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै नवगठित कमिटीलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरेका छन् ।
पार्टीका जिल्ला संयोजक पवन र प्रमुख अतिथि दर्लामीले इमान्दारिताका साथ जनताको सेवा गर्दै आगामी निर्वाचनसम्म पार्टीलाई पहिलो बनाउने अभियानमा लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।


















