बिर्तामोड ।
बार्बर तथा हेयर आर्टिस्टहरुको प्रतिभाहरुलाई राष्ट्रिय स्तरमा चिनाउने, नयाँ अवसर सिर्जना गर्ने तथा नेपालको ग्रुमिङ उद्योगलाई थप ब्यवसायीक र प्रतिस्पर्धात्मक बनाउने उद्धेश्यले बिर्तामोडमा मेन्स हेयर ग्रुमिङ प्रतियोगिता सञ्चालन भइरहेको छ ।
झापामै पहिलो पटक मेन्स हेयर ग्रुमिङ प्रतियोगिता सञ्चालन भइरहेको र आगामी साउन १६ गते शनिबार फिनाले हुने भएको छ । बिर्तामोडमा बिहीबार पत्रकार भेटघाट गर्दै गत असार १ गतेदेखि शुरु भएको प्रतियोगिताका विषयमा जानकारी गराइएको हो । राजश्री सप्लार्यस र एसटी युनिसेक्स सैनुलको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा देशभरका ६० जना प्रतियोगि सहभागि भएको आयोजक संस्था राजश्री सप्लायर्सका सञ्चालक राजकुमार साहले जानकारी दिए ।
अनलाइन मार्फत गरिएको प्रतियोगितामा सहभागीहरुले फेसबुक, टिकटक, इस्ट्राग्राम, युटुव जस्ता सामाजिक सञ्जालहरुमा आफ्ना प्रतिभाहरु प्रस्तुत गर्दै विभिन्न चरणहरु गरेको एसटी युनिसेक्स सैनुलका सञ्चालक सुमन ठाकुरले बताए । उनका अनुसार फिनालेका लागि १० जना प्रतियोगि छनौट भएको र उनीहरु बीच शानिरबार बिर्तामोडमा प्रत्यक्ष रुपमा प्रतिस्पर्धा हुनेछ ।
मेन्स हेयर ग्रुमिङ प्रतियोगिताको निर्णयको रुपमा चर्चित हेयर स्टालिस्ट निलडेभिड कटुवाल, राम गुरुङ र सरोज थापा रहेको राजश्रीका प्रोप्राइटर धर्म साहले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले नगद १५ हजारसहित प्रमाणपत्र र आकर्षक गिफ्ट हेम्परहरु प्राप्त गर्ने बताइएको छ । त्यस्तै हेयर कलर क्रियटिभिटी लाई पनि नगद १० हजार रुपैंयाँ प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमाति ९ लाख रुपैंयाँ खर्च हुने जनाइएको छ । प्रतियोगिता सम्पन्न गर्न स्थानीयतहसहित विभिन्न संघ–संस्थाको सहयोग प्राप्त भएको जनाइएको छ ।


















