झापा । 

 प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । शुक्रबार साधारणसभा तथा छैटौं अधिवेशन उद्घाटनपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको हो । मञ्चको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको छ ।

मञ्चको अध्यक्षमा वर्तमान अध्यक्ष जनक रावल, महासचिव मिलन कट्टेल, उपाध्यक्ष सरिता घले र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व तृतीय उपाध्यक्ष वैकुण्ठ पौडेल ‘वैभव’को उम्मेदवारी परेको छ । मञ्चका पूर्व उपाध्यक्ष मुक्तिनाथ अधिकारी र उपाध्यक्ष दलवीर भण्डारीले पनि उम्मेदवारी दिने घोषणा गरे पनि शुक्रबार निर्धारित समयमा उम्मेदवारी दर्ता गराएनन् ।

उपाध्यक्षमा मदन पौडेल तथा महासचिवमा वर्तमान सचिव राजेन्द्र अधिकारी र सोमबहादुर तामाङको उम्मेदवारी दर्ता भएको भए पनि सहमति गर्ने भन्दै उम्मेदवारको नाम सार्वजनिक नगरिएको बताइएको छ ।