लक्ष्मीपुर ।
बागेडाँगी सामुदायिक विकास केन्द्रको आयोजना तथा एन्जल फाउण्डेशनको प्राविधिक सहयोगमा आज (सोमवार) एक दिने प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
झापाको अर्जुनधारा–५ स्थित बागेडाँगी सामुदायिक विकास केन्द्रको सभाहलमा भएको कार्यक्रममा हृदयघात, सर्पकोे टोकाई, आगोले पोलेको, करेन्ट लागेको आकस्मिक दुर्घटना र गुप्तरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको केन्द्रका अध्यक्ष टेकनाथ अधिकारी (महेन्द्र) जानकारी दिए ।
केन्द्रका जेष्ठ सदस्य मेघराज चौहानको अध्यक्षतामा भएको कार्यक्रमममा अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रकुमारी तामाङको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि तामाङले सचेतना कार्यक्रम एकदमैे प्रशंसा योग्य भएको बताइन् । अहिले पनि कतिपयलाई रोग र उपचारका बिषयमा जानकारी नहुने गरेको बताउँदै यस सचेतना कार्यक्रम आयोजना गरेर केन्द्रले रोग र उपचारको बिषयमा जानकारी गराउनु प्रशनिय कार्य भएको बताइन् । आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्नु पर्नेमा उनले जोड दिइन् ।
कार्यक्रममा स्वास्थ्य सेविकाहरु बिनिता पराजुली, लत्ता खतिवडा, गोमा भट्टराई, हिमकला नेपाल, रबिका गौतम र कुसुम अधिकारीको पनि आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष एलबी गिरीले गरेको कार्यक्रममको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम सञ्चालन पनि केन्द्रका अध्यक्ष टेकनाथ अधिकारी (महेन्द्र) गरेका थिए ।
कार्यक्रमको सहजीकरण बिना लिम्बु, रन्जिता बराल, सबु बरालले गरेको सचेतनामुलक कार्यक्रममा एक सय तीन जनाको सहभागीता रहेको थियो । सोही कार्यक्रमक अन्तरगत भदौं ३ गते सुगर र प्रेसर र भदौं ४ गते गुप्त रोगहरु पाईल्स, फिसर तथा फिस्टुलाको रोकथामका लागि शिविर सञ्चालन गरिने बताइएको छ । उक्त कार्यक्रममा परिक्षण निःशुल्क गरिएको र औषधीमा ५० प्रतिशत छुट गरिने बताइएको छ ।


















