चारपाने ।
जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका जेनजी सहिदहरुको सम्झनामा झापाको बिर्तामोड–२ स्थित चारपानेमा सञ्चालित जेम्स फिटनेस सेन्टरले दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
गत बर्ष भदौ २३ र २४ गते देश ब्यापीरुपमा भएको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने शहिदहरुका माग पूरा गर्न सरकार समक्ष माग राख्दै फिटनेसले आज (मंगलबार) साँझ चारपाने चोकमा दीप प्रज्वलन कार्यक्रम गरेकोे हो ।
जेनजी आन्दोलनमा ज्यान गुमानेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिएको थियो भने जेनजी सहिदहरुको रगत तथा बलदिानको प्रशंसासमेत गरिएको सेन्टरका सञ्चालक तथा सामाजिक ब्यक्तित्व जेम्स उप्रेतीले जानकारी दिए । नेपालको सूर्य चन्द्र अंकित झण्डा बनाएर त्यसको वरिपरी दीप प्रज्वलन गरेर जेनजी सहिदहरुको सम्झना गरिएको थियो ।
गत बर्ष भदौ २३ र २४ गते अर्थात दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७६ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी भौतिक संरचनामाथि आगजनी र तोडफोडबाट ठूलो जनधनको क्षति भएको थियो ।
कार्यक्रममा फिटनेसका सल्लाहकार तथा सामाजिक व्यतित्वहरु बालकृष्ण गिरी र भीमबहादुर गिरीले जेनजी सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरेको भन्दै फिटनेस सञ्चालक जेम्स उप्रेतीको प्रशंसासमेत गरेका छन् ।
कार्यक्रममा सेन्टरका सदस्सयहरु बिनिता सुवेदी, रोशन भट्टराई, प्रदीप ओझा, सरु सानीसहित फिटनेसका सदस्यहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । हिजो सोमवार पनि फिटनेसले रसुवाको भोटेकोशी–त्रिसुली नदीको बाढीमा परी ज्यान गुमाउनेको सम्झनासर्दै दीपप्रज्वलन गरेको थियउो । जेम्स फिटनेस सेन्टरले यसअघि पनि बिभिन्न सामाजिक कार्य गर्दै आएको थियो । सेन्टरले सार्वजनिक खुल्ला तीज मिलन कार्यक्रम, रक्तदान, सरसफाई जस्ता बिभिन्न सामाजिक कार्य गर्दै आएको छ ।


















