चारपाने ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आसन्न निर्वाचनमा उपेन्द्रप्रसाद ओलीको नेतृत्वमा प्यानल खडा भएको छ । झापाको बिर्तामोड–२, चारपानेमा मुख्य कार्यालय रहेको साकोसको आगामी असोज १० गते हुने निर्वाचनमा ओलीको नेतृत्वमा प्यानल खडा गरेर चुनावी प्रचारप्रसारलाई तीव्र पारिएको हो ।
ओली नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा टेकनाथ खनाल (टंक), महिला उपाध्यक्षमा हरिमाया सिग्देल, कोषाध्यक्ष भीमबहादुर गिरी छन् भने सदस्यहरुमा रमेश काफ्ले, भगीरथ लुइटेल, प्रेमप्रसाद अधिकारी, प्रमिला तिम्सिना, हिमादेवी प्रसाई रहेका छन् ।
यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा शंकर सुवेदी र सदस्यहरुमा टीकाराम उप्रेती र भुवन कडेँल रहेका छन् । ओलीको नेतृत्वमा रहेको संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका उम्मेदवारहरु मत दिई विजयी गराइदिन सम्पूर्ण शेयर सदस्यहरुमा हार्दिक अनुरोध गरिएको छ ।
यता भरतकुमार गिरी र छविलाल खतिवडाको नेतृत्वमा पनि प्यानल खडा गरि चुनावी प्रचारप्रसारलाई ब्यापक बनाइँदैछ । ओली, गिरी र खतिवडाले तीन प्यानल खडा भएसँँगै संस्थाको निर्वाचनमा त्रिपक्षिय भिडण्त हुने पक्का भएको छ ।
यी हुन् ओली प्यानलका उम्मेद्वार :



















