चारपाने ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आसन्न निर्वाचनमा छविलाल खतिवडाको नेतृत्वमा प्यानल खडा गरेर चुनावी प्रचारप्रसार तीव्र बनाइँदै आएको छ । झापाको बिर्तामोड–२, चारपानेमा मुख्य कार्यालय रहेको साकोसको आगामी असोज १० गते हुने निर्वाचनमा खतिवडाको नेतृत्वमा प्यानल खडा गरेर चुनावी प्रचारप्रसारलाई तीव्र पारिएको हो ।
खतिवडा नेतृत्वको प्यानलमा बरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल, महिला उपाध्यक्षमा पार्वता भारती गिरी, कोषाध्यक्षमा लक्ष्ष्मीप्रसाद आचार्य छन् भने सदस्यहरुमा नारायणप्रसाद गिरी, मदनराज कटुवाल, रमेश सेडाई, शिखा खड्कार राधिका चुडाल रहेका छन् ।
यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा डम्बरबहादुर देउजा, सदस्यहरुमा बबिता घिमिरे सुनिल कार्की रहेका छन् ।
खतिवडाको नेतृत्वमा रहेको संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका उम्मेदवारहरुलाई मत दिई विजयी गराइदिन सम्पूर्ण शेयर सदस्यहरुमा हार्दिक अनुरोध गरिएको छ । गिरी, ओली र खतिवडाले तीन प्यानल खडा भएसँँगै संस्थाको निर्वाचनमा त्रिपक्षिय भिडण्त हुने पक्का भएको हो ।
यी हुन् खतिवडा प्यानलका उम्मेद्वार :



















