बिर्तामोड ।
नेपाली लघुु चलचित्र ‘बाबाको बासुरी’ (एउटा टुहुरोको कथा) प्रदर्शनमा आउने भएको छ । आमा–बुबाको माया र साथबाट वञ्चित एउटा टुहुरो बालकको जीवन, उसको संघर्ष, पीडा, सपना र परिवारप्रतिको मायालाई मुख्य बिषय बस्तु बनाएर तयार गरिएको चलचित्र ‘बाबाको बासुरी’ (एउटा टुहुरोको कथा) आगामी असोज १० गतेदेखि प्रदर्शनमा आउने भएको हो ।
झापाका बिभिन्न रमणीय पर्यटकीय स्थलमा छायङ्कन गरिएका उक्त फिल्मको पहिलो च्यारिटी शो आगामी असोज १० गते धुलावारीमा गरिने र असोज ११ गते बिर्तामोडमा गरिने आज (बिहीवार) बिर्तामोडमा पत्रकार सम्मलेन गरी जानकारी दिइएको हो ।
पूर्ण सुनारको व्यानरमा निर्माण गरिएको ‘बाबाको बासुरी’ एक घण्टा ४५ मिनेटको रहेको अभिनेता पूर्ण सुनारले बताए । लेखक तथा निर्देशन कमल लिम्बु (लाहुरे) को रहेको उक्त चलचित्रमा पूर्ण सुनार, शितल खनाल, बिपिन प्रसाई, भीमा खतिवाडा, काजी बराल, राजा कन्दङ्वा, दिलकुमार नेम्वाङ, ओम सेन्चुरी, सनम राजवंशीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
चलचित्रको निर्माता, संगीत तथा गीतका शब्दहरु पूर्ण सुनार, क्यामेरा इडिटर तीलक रिजाल, गायक पूर्ण सुनार, ममता गुरुङ र यमुना तिवारी रहेका छन् भने चलचित्रको एक्शन सुदिप खवासले दिएका छन् ।
चलचित्रकि नायिका शितल खनालले आफ्नो पहिलो फिल्म भएको र आफुले सक्दो अभिनय र मेहनत पनि गरेको बताउँदै कहि कतै कमि भएका सुझाव दिन आग्रह गरेकी छिन् । उनले आगामी दिनमा सुझावलाई शीरोपर गर्दै सुधार गर्ने बताएकी छिन् । भावनात्मक लघु चलचित्र बाबाको बाँसुरी एक टुहुरोको कथामा आधारित रहेको कालाकार बिपिन प्रसाईले बताए ।
बाबाको बाँसुरी–एक टुहुरोको कथा Nepali Short Film 2083 | Trailer


















