झापा ।
झापामा विभिन्न मितिमा नियन्त्रित पटका जन्य पदार्थहरू नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयहरूबाट बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको पटका आइतवार नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयहरूबाट अन्दाजी एक लाख ६७ हजार मूल्य बराबरको पटका बरामद गरिएकोे प्रहरीले जनाएको छ ।
उक्त पटकाजन्य पदार्थहरू स्थानिय जन–प्रतिनिधि तथा भद्रभलाद्मी र स्थानिय हरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय झापाको कार्यालय परिसर भित्र खाडल खनेर पुरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया 0