शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा “जलवायु उत्थानशील समुदायका लागि दिगो कृषि, वन तथा जैविक विविधता व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।
अर्जुुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ अध्यक्षतामा बिहीवार भएको अभिमूखिकरण कार्यक्रममा कृषक, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागीता रहेको थियो ।
कृषि तथा जलवायु विज्ञबाट प्रशिक्षण तथा सहजीकरण गरिएको कार्यक्रममा जलवायु परिवर्तनका असर तथा प्रभाव, जलवायु अनुकूलनका उपायहरू, जलवायु उत्थानशील कृषि प्रणाली, दिगो कृषि अभ्यास, वन तथा जैविक विविधता संरक्षण र प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापनसम्बन्धी विषयमा जानकारी तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमले स्थानीय समुदायमा जलवायु परिवर्तनसम्बन्धी सचेतना अभिवृद्धि गर्नुका साथै दिगो कृषि, वन संरक्षण तथा जैविक विविधताको व्यवस्थापनमा समुदायको भूमिका र जिम्मेवारीबारे ज्ञान अभिवृद्धि गर्न सहयोग पुर्याएको छ।
प्रतिक्रिया 0