बिर्तामोड ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय बिर्तामोड र सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा मास्क वितरण कार्यक्रम भएको छ ।
बिर्तामोडस्थित पश्चिम वस स्टेण्डमा आइतवार ट्राफिक प्रहरी, प्रहरी र सामुदायिक प्रहरीले बिना मास्क बाटोमा हिड्ने सवारीसाधनसहित जो कोहीलाई मास्क वितरण गरेका हुन् ।

उनीहरुले ‘ तपाईको मास्क खोई ?’, ‘मास्कले दिन्छ कोरोनाको सरक्षा’, ‘कोरोनाबाट आफुपनि बचौं र अरुलाई पनि बचाऔं’ लगायतका प्लेकार्ड लिएर मास्क वितरण गरेका थिए ।
झापामा कोरोना भाइरस संक्रमणदर वढ्दै गएकाले रोकथामका लागि एकहजार मास्क वितरण गर्न लागिएकोे सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष उत्तम खनलले बताए ।

















