झापा ।

झापामा एकपछि अर्काे गर्दै दिनहुँ जसो हत्याका घटना भइरहेका छन् । तर, प्रहरीले हत्यामा संलग्नको पहिचान गर्न नसक्दा अधिकांश घटनाका दोषीले उन्मुक्ति पाइरहेका छन् ।

गत पुस महिना यता घटेका अधिकांश घटनाका दोषी पहिचान नहुँदा पीडितले न्याय पाउन सकेका छैनन् । पुस महिना यता मात्रै झापाका विभिन्न स्थानमा शंकास्पद अवस्थामा फेला परेका शवको विषयमा प्रहरीले अनुसन्धान गरे पनि घटनाको

विषयमा तथ्य सार्वजनिक गर्न नसक्दा मृतकका आफन्तले न्याय पाउन नसकेका हुन् । बिर्तामोड नगरपालिका–२स्थित चैतुवारी नजिकै गत पुस ५ गते बिहान सोही ठाउँकी ४२ वर्षीया दिनो राजवंशीको शंकास्पद अवस्थामा शव फेला परेको थियो । 


जगत राजवंशीको जग्गा भाडामा लिएर उनका पति बीरबहादुर राजवंशीले कुखुरा फर्म सञ्चालन गर्दै आएको र पतिलाई खाना पु¥याउन घरबाट हिँडेकी दिनो बिहान मृत भेटिएकी थिइन् ।   यता झापाको बिर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौला चारआलीको जंगलमा मृत फेला परेका थिए । गत चैत २२ गते उनको शव

फेला परेको हो ।  

यता बिर्तामोड नगरपालिका–५स्थित सुगम पेट्रोल पम्प उत्तरमा डेरा गरी बस्दै आएकी २५ सृजना बस्नेत समेत एक महिना अघि शंकास्पद अवस्थामा मृत फेला परिन् । आफ्नै घर नजिक अर्धनग्न अवस्थामा मृत फेला परेकी बस्नेतको मृत्युका

विषयमा प्रहरीले अहिलेसम्म तथ्य सार्वजनिक गर्न सकेको छैन । उनको मृत्युको विषयलाई लिएर दवावमूलक कार्यक्रम सञ्चालन गरिए पनि प्रहरीले सो विषयमा अनुसन्धान भइरहेको भन्दै घटनालाई सरलीकरण गर्दै लगेको छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको माग गर्दै आएपनि प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

आजको पूर्वाञ्चल दैनिकबाट साभार