झापा ।

झापामा एक लाख सात हजार ९ सय ९१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा उपलब्ध भएको कोभिशिल्ड लगाउन अन्कनाएका झापाली दोस्रो र तेस्रो चरणमा आएको खोप लगाउन भने धेरै इच्छुक देखिए । भारतले पहिलो चरणमा नेपालका लागि १० लाख डोज कोभिशिल्ड उपलब्ध गराएको थियो ।


कोभिशिल्ड लिएकाहरुलाई पुनः उपलब्ध नहुँदा सरकारले चीनसंग र अमेरिकासंग सहकार्य गर्दै भेरोशिल्ड र जोनसोन खोप ल्याएर दोस्रो र तेस्रो चरणमा खोप बितरण गरिएको छ ।अहिले कोरोनाविरुद्धको खोप लगाउनेको तँछाड–मछाड देख्न सकिन्छ । कोभिडको संक्रमण दर उच्च देखिएसंगै मृतकको संख्या समेत बढेपछि कोरोनाविरुद्धको भ्याक्सिन लगाउने इच्छुक धेरै देखिएका हुन् । उमेर समूह तोकेर खोप लगाउने भनेपनि १८ वर्ष माथिका पहुँचवाला अधिकांशले खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार भेरोशिल्ड खोप लगाउनेको संख्या झापामा ६३ हजार १ सय १६ जना रहेको छ । जसमा सबैभन्दा धेरै मेचीनगरवासीले यो खोप लगाएका छन् ।

 मेचीनगरमा मात्रै साउन १९ गते मंगलवारसम्ममा ९ हजार दुई सय जनाले यो खोप लगाएका हुन् । मेचीनगरपछि बिर्तामोडबासीले धेरै भेरोशिल्ड खोप लगाएको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । बिर्तामोड नगरपालिकामा ८ हजार २ सय १४ जनाले यो खोप लगाएका छन् । झापा र गौरीगञ्ज गाउँपालिकामा सबैभन्दा थोरैले भेरोशिल्डखोप लगाइएको पाइएको छ ।

झापा गाउँपालिकामा एक हजार ७ सय १३ र गौरीगञ्ज गाउँपालिकामा १ हजार ७ सय ४३ जनाले मात्रै यो खोप लगाएका छन् । त्यस्तै ३ हजार एक सय ९९ जना वुद्धशान्तिवासीले यो खोप लगाएका छन् । अर्जुनधारा नगरपालिकाका ३ हजार ९ सय ९३ जनाले खोप लगाएका छन् । कनकाईमा तीनहजार ९६ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । शिवसताक्षी नगरपालिकामा चार हजार ७ सय ३० जनाले खोप लगाएका छन् भने कमल गाउँपालिकामा दुई हजार आठ सय ६० जनाले खोप लगाएको पाइएको छ ।

दमक नगरपालिकामा ६ हजार ४ सय जना, गौरादहमा चार हजार आठ सय, वाह्रदशी गाउँपालिकामा दुई हजार ३६ जना र हल्दिवारी गाउँपालिकामा दुई हजार ४ सय जनाले यो खोप लगाएका छन् । उता कचनकवल गाउँपालिकामा भने भेरोशिल्ड खोप लगाउनेको संख्या दुई हजार ६० रहेको छ ।

जोनसोन खोप लगाउनेको संख्या हालसम्म ४४ हजार ८ सय ७५ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्षन जीवन चम्लागाँईका अनुसार जोनसोन खोप लगाउनेमध्ये सबैभन्दा धेरै दमकवासी छन् । दमकमा मात्रै यो खोप ९ हजार २ सय ५९ जनाले लगाएका छन् । जोनसोन खोप लगाउनेमध्ये मेचीनगरमा ७ हजार ७ सय ६०, वुद्धशान्ति एक हजार ६ सय ६८, अर्जुनधारा ३ हजार चार सय ६३, कनकाई दुई हजार १०, शिवसताक्षी तीन हजार एक सय ९०, कमल गाउँपालिका दुई हजार दुई सय ४०, गौरादह २ हजार ३९ र गौरीगञ्ज गाउँपालिकामा एक हजार तीन सय ३९ जना रहेका छन् ।

आजको पूर्वाञ्चल दैनिकबाट साभार