उद्धव पुरी/झापा 

गत बर्षको तुलनामा यस आर्थिक बर्षमा झापामा सवारी दुर्घटना वढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गत बर्ष २ सय ३१ सवारी दुर्घटना भएकोमा यस बर्ष  ६ सय ५७ सवारी दुर्घटना भएका छन् । 

गत बर्ष भएको २ सय ३१ सवारी दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको थियो भने २ सय ६७ जना घाइते भएका थिए । त्यस्तै यस बर्ष भएको ६ सय ५७ सवारी दुर्घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने एकहजार ६५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरिक्षक यामकुमार खड्काले जानकारी दिए । त्यस्तै यस बर्ष सवारी दुर्घटनामा परेर एउटा चौपायको मृत्यु भएको छ भने एउटा घाइते भएको छ ।  यस बर्ष भएको सवारी दुर्घटनामा परी ३ सय २४ जना गम्भिर घाइते भएका छन् भने ७ सय ४१ जना सामान्य घाइते भएका छन् । 

यस बर्ष दुर्घटना बढ्नुको कारण चालकको लापरवाही रहेको पाइएको छ । लाइसेन्स नभउका सवारी चालक हुनु, तिब्र गतिमा सवारी साधन कुदाउनु जथाभावी टेम्पो तथा सिटी सफारी कुदाउनु, सवारी दुर्घटनाको मुख्य कारण रहेको खड्काले बताए । कोरोना कहरमा निषेधाज्ञा जारी गरेपनि निजि सवारी साधन सञ्चालनले पनि दुर्घटना निम्त्यिाउने गरेको उनले बताए । पहिले पहिले सामान्य दुर्घटनाको अभिलेख नराखिएपनि यस बर्थादेखि त्यस्ता दुर्घटनाको पनि अभिलेख राखेका कारण दुर्घटनाको संख्यामा बृद्धि भएको उनले बताए ।