बिर्तामोड । 

 साहित्य चौतारि बिर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रथम स्मृति दिवस मनाउने भएको छ  । संस्थाको बिर्तामोडमा भएको बैठकले  भदौ चार गते  राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रथम स्मृति दिवस मनाउने निर्णय गरेको हो।  

साहित्य चौतारि बिर्तामोड झापाका संस्थापक संरक्षक देबिभक्त श्रेष्ठले  भदौ चार गते  राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रथम स्मृति दिवस  राष्ट्रकवि माधवप्रसाद घिमिरेका साहित्यिक रचनाहरु वाचन गरेर मनाउने जानकारी दिए।   बिर्तामोडमा रहेको होटल हिकोला हेरिटेजको बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिने कार्यक्रममा      पर्यटन प्रवद्र्धनमा साहित्य, कला, सँस्कृतिले पारेको प्रभाव बारे छलफल गरिने उनले बताए।  

 

साहित्य चौतारि बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षतामा भएको बैठकमा साहित्य चौतारि बिर्तामोड झापाका  सचिव देबिचरण भण्डारीकि श्रीमती गीता खनाल भण्डारीको उपचारका लागी साहित्य चौतारि बिर्तामोड झापाले पच्चीस हजार र कार्यसमितिबाट पच्चीस हजार रुपैयाँ प्रदान गरिएको थियो। 

बैठकमा साहित्य चौतारि बिर्तामोड झापाका निवर्तमान अध्यक्ष टंक बिकल्प काफ्ले, उपाध्यक्ष कृष्ण सुवेदी निराकार, दीपक रायमाझी महासचिव खगेन्द्रा खुसी, कोषाध्यक्ष भवानी गौतम, सचिव देबिचरण भण्डारी, टिका भट्टराई नेपाल , चित्रा पौड्याल कोइराला, अनिरुद्र ओलि, तुलसीप्रसाद भट्टराई, मणी बर्देवा  ,जिवन जगिदस धिताल  लगायतको सहभागिता रहेको थियो।