झापा । 

 पछिल्लो २४ घण्टामा झापामा थप ७६ जना कोरोना संक्रमित थपिएका छन् ।  त्यस्तै नेपालभर थप एकहजार २ सय ७१ जनामा कोरोना भाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 देशभर  ८ हजार ८ सय ९८ पीसीआर परीक्षणमा एकहजार ५८ र ३ हजार ४६ एन्टिजेन परीक्षणमा २ सय १३ जना गरी जम्मा एकहजार २ सय ७१  जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोहि समयअवधिमा  एकहजार ८ सय ४५ जना सङ्क्रमणमुक्त भएका छन् भने  १४ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।