धुलावारी  । 

नेपाल साइकल महोत्सव २०७८ को अवसर पारेर श्री अन्तुबाट मुगुको रारातालसम्म हिडेका साइकल यात्रीलाई धुलावारीबाट विधाई गरिएको छ । 

विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा ४० जनाको टोलीलाई जेनियम युवा क्लव मेचीनगर–१० र मेची राइडर्स साइकलिङ एशोसिएसनले हिजो(शनिवार) धुलावारीमा स्वागत गरेको थियो भने आज (आइतवार) विधाई गरेको हो । 

उनीहरुलाई आज धरानसम्मका लागि विधाई गरेको जेनियम युवा क्लवका अध्यक्ष धनराज थापाले बताए । उनीहरुको अन्तुदेखि रारासम्म २७ दिने साइकल यात्रा भएको मेची राइडर्स साइकलिङ एशोसिएसनका अध्यक्ष अर्जुन सुब्बाले बताए ।

cycle2

४० जनाको टिममा ४ जना महिला पनि रहेका छन् । उनीहरुले २७ दिनमा एकहजार ८ सय किलोमिटर भन्दावढिको यात्रा गर्ने पूर्वाञ्चलकै साइकल प्रेमी योगेन्द्र थापाले जानकारी दिए । जेनियम युवा क्लव विभिन्न सामाजिक कार्यमा अग्रसर हुने मेचीनगरको एक सामाजिक क्लव हो । क्लवले कोभिड १९ का समयकावेला राहतसमेत वितरण गरेको थियो । आज धरान पुग्ने साइकल यात्रीहरु भोली धरानबाट राराका लागि निस्कने बताइएको छ ।