बिर्तामोड । 

साहित्य चौतारी बिर्तामोड झापाले दमक – ८ का बाल प्रतिभा  रियाज रिजाललाई उत्कृष्ठ बाल प्रतिभा सम्मान प्रदान गरेको छ । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा साहित्य चौतारी झापाको आयोजनामा भएको उत्कृष्ठ बाल प्रतिभा सम्मान एवम् साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा मादल, तवला बजाउन निपूर्ण तथा गायनमा अव्वल छ वर्षिय रिजाललाई उत्कृष्ठ बाल प्रतिभा सम्मान गरेको हो । 

  साहित्य चौतारी बिर्तामोड  झापाका संस्थापक ÷संरक्षक देवीभक्त श्रेष्ठले आफ्नो जन्मदिनको दिन  झापाका साहित्य, कला र संगीतको क्षेत्रमा उदियमान बालबालिकाको अन्तरनीहित प्रतिभालाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रत्येक वर्ष राष्ट्रिय बाल दिवसको दिन बाल प्रतिभा सम्मान प्रदान गर्नका लागि गतवर्ष बाल प्रतिभा सम्मान स्थापना गरेको घोषणा गरेका थिए । 

साहित्य चौतारी बिर्तामोड  झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा गत वर्षकी बाल प्रतिभा सम्मानित बाल गायिका  नौ वर्षिया अनुजा कडरियाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । 

संस्थाका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेको कार्यक्रममा बाल प्रतिभा रिजाल, उनकी आमा र अनुजाका मातापितालाई समेत सम्मान गरिएको थियो ।  सोही कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक÷संरक्षक देवीभक्त श्रेष्ठको जन्मोत्सव समेत मनाइएको थियो ।