बिर्तामोड । 

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीलाई मातृशोक  परेको छ । खड्गराज गिरी नेपाल दशनामी समाज बिर्तामोड नगर समितिका सदस्यसमेत रहेका छन् । 

गिरीकी आमा टंककुमारी गिरीको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचारकै क्रममा मंगलवार (आज) विहान ९ : ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको हो । अर्जुनधारा–६ लक्ष्मीपुर निवासी निजि निवासबाट १ः३० बजे दाहसंस्कारका लागि लगिने जनाइएको छ । 

दम र ब्लडप्रेसरबाट पिडीत आमाको ८५ बर्षको उमेरमा निधन भएको हो । आमाको आजै कनकाई माईस्थित आर्यघाटमा दिउँसो १ : ३० बजे दाहसंस्कार गरिने पारिवारिक स्रोतले बताएको छ । मृत आमाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवाजनप्रति धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै शब्दपत्र प्रकाशन प्रालि समुह परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दछ ।