चन्द्रगढी ।

झापाको साहित्यिक गतिविधिमा क्रियाशिल वर्तमान साहित्य प्रतिस्ठान चन्द्रगढीको २४ औं साधरणसभा तथा नयाँ नेतृत्व चयन भएको छ । सोमवार भएको सभाले नव गठित समितिको अध्यक्ष डिल्लीरमण नेपाल चयन गरेको छ ।

समितिको  उपाध्यक्ष बिकास पाण्डे , सचिव चिरञ्जिवी गिरी, कोषाध्यक्षमा प्रिया दास, सह–सचिवमा साबित्रा ढकाल चयन भएका छन् । त्यसैगरी सदस्यमा गिता सुवेदी नेपाल र गोपाल शिवाकोटी चयन भएको प्रतिस्ठानका निर्वाचन समितिका संयोजक  राजु बरालले बताए । समितिको पहिलो बैठकले दुई जना सदस्य थप गरिने समेत उनले जानकारी दिए।

प्रतिस्ठानका अध्यक्ष कृष्ण अनमोलको अध्यक्षतामा  भएको कार्यक्रममा साहित्यकार चुडामणी वशिष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा वर्तमान साहित्य प्रतिस्ठानद्वारा प्रकाशित वर्तमान साहित्यिक त्रैमासिकको १७ औं अंक समेत बिमोचन गरिएको थियो । साहित्यिक त्रैमासिकको बारेमा साहित्यकार होम सुबेदीले टिप्पणी गरेका थिए । त्यस्तै कार्यक्रममा प्रतिस्ठानका सस्थापक अध्यक्ष डा। रत्नमणि नेपालले प्रतिस्ठानको गतिविधि वारे प्रस्ट पारेका थिए । 

साहित्यकार बिरही अधिकारी, समाजसेवी गणेश पोखरेल र शिव कुमार राजभण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा  कवि राजु बराल, देवीचरण भण्डारी र गिता सुवेदी नेपालले कविता तथा गजल प्रस्तुत गरेका थिए। स्वागत डिल्ली रमण नेपालले गरेको कार्यक्रमको सञ्चालन विकास पाण्डेले गरेका थिए ।