बिर्तामोड । 

पत्रकार सन्तोष आचार्यद्वारा लिखित ‘रिडर्स गफ’ पुस्तक बिमोचन भएको छ । मिडिया रिसर्च सेन्टरद्वारा झापा बिर्तामोडमा मंगलवार पुस्तक बिमोचन गरिएको हो ।

झापाका अग्रज प्रगतिशील साहित्यकार पुन्यप्रसाद खरेल र लेखक तथा पत्रकार उज्वल प्रसाईले संयुक्त रुपमा उक्त पुस्तक बिमोचन गरेका थिए।

मिडिया रिसर्च सेन्टरका अध्यक्ष तीर्थ सिग्देलको अध्यक्षतामा भएको बिमोचन समारोहमा साहित्यकार लीला अनमोल, लेखक तथा पत्रकार कुमार भट्टराई, पत्रकार मोहनकाजी न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए ।