बिर्तामोड । 

बहुभाषिक साहित्य, सङ्गीत कला केन्द्र झापाले सस्थाको बार्षिकोत्सवको अवसरमा आउँदो मङ्सिर तेस्रो हप्ता बहुभाषिक साहित्य गोष्ठी र सास्कृतिक कार्यक्रम गर्ने भएको छ । 

 झापाको बिर्तामोड बहुभाषिक साहित्य, सङ्गीत कला केन्द्रका अध्यक्ष हरि पौडेलको अध्यक्षतामा बसेको  बैठकले उक्त निर्णय गरेको सस्थाका उपाध्यक्ष राजु बरालले बताए । 

दुई दिवसिय हुने बहुभाषिक साहित्य गोष्ठी तथा सास्कृतिक कार्यक्रममा सन्थाल, मेचे, राई, लिम्बू, राजबंशी, धिमाल, किसानसहित झापा  भित्र बोलिने १९ भाषासंघ सम्बन्धित कविता, गित र नृत्यको प्रस्तुती रहने उनले जानकारी दिए ।