• राजु बराल 

 चन्द्रगढी ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं  जन्मजयन्तीका अवसरमा स्व. मनोरथ दाहाल स्मृति काव्य पुरस्कार साहित्यकार घनेन्द्र शर्मा र साहित्यकार बिरही अधिकारीलाई प्रदान गरिएको छ ।

नगद २० हजार राशीको उक्त पुरस्कार बिहीबार झापाको भद्रपुर –९ चन्द्रगढीस्थित देवकोटा स्मारक संरक्षण समितिले प्रदान गरेको हो ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा साहित्यकार घनेन्द्र शर्माको परिचय शिक्षा सेवी इस्वरप्रसाद पोखरेल र साहित्यकार बिरही अधिकारीको परिचय साहित्यकार तारा बिबिधले गराएका थिए। 

सोही कार्यक्रममा पत्रकार राज बाबू शङ्कर र साहित्यकार तिर्थ राज चापागार्इलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । पत्रकार राज बाबू शङ्करको परिचय पत्रकार राजु बराल र साहित्यकार तिर्थराज चापागार्इको परिचय साहित्यकार लता खरेलले गराएकी थिइन् । उक्त कार्यक्रममा सम्पन्न बाल कवि गोष्ठीमा इशा सुवेदी प्रथम, युनिसा ढकाल दोस्रो र सृष्टि पौडेल तेस्रो भएका थिए । सो कार्यक्रममा बिरेन्द्र माबि चन्द्रगढीमा कक्षा १२ उत्कृष्ट बिध्यार्थी रफत प्रबिन र राजेश राईलाई शैक्षिक उन्नयन पुरस्कार प्रदान गरिएको थियो ।

भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, साहित्यकार होम सुवेदी र डा. पर्शुराम दाहालले नेपाली साहित्यमा महाकवि देवकोटाले पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा रुकमिणी ढकाल र सफलता फुयलले अप्रतियोगी कविता वाचन गरेका थिए । 

राजु बराल र लावन्य प्रसाद पोखरेलको सम्युक्त सन्चालन, सस्थाका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष खडगप्रसाद दाहालले गरेका थिए ।