विर्तामोड । 

झापाको बिर्तामोड नगरपालिका वडा नं. १ मा हरिप्रसाद कडरिया तथा परिवारले आयोजना गर्न लागेको महायज्ञ स्थगित भएको छ । कोरोना भाइरस संक्रमणदर वढ्दै गएपछि स्वास्थ्यलाई ख्याल राखेर सामान्य अवस्था नहुञ्जेलसम्मका लागि आयोजकले महायज्ञ स्थगित गरेको हो । 

आयोजक हरिप्रसाद कडरिया तथा परिवारले सोमवार बिर्तामोड–१ स्थित न्यू कन्चनजंघा टोलस्थित निवासमा पत्रकार भेटघाटको आयोजना गर्दै माघ ११ देखि १७ गतेसम्म आयोजना गर्न लागिएको महायज्ञ स्थगित गरेको जानकारी दिएका हुन् । 

हरिप्रसाद कडरियाले आफ्नै घरमा आयोजना गर्न लागेको श्रीमत्तारतम सागर १०८ पारायण श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा गरिसकेपछि कोरोना महामारीबृद्धि भएकाले हाललाई स्थगित गरिएको बताए । महायज्ञ ब्यक्तिरुपमा आयोजना गरिने भएपनि त्यहाँबाट संकलन हुने रकम तथा अन्य सामाग्री तथा दान सत्गुरु श्री देवचन्द्रजी सदन अथिति सदन बिर्तामोड तथा अर्जुनधारालाई प्रदान गरिने कडरियाले जानकारी दिए ।  

कारोनाको तेस्रो लहर सुरु भएपछि प्रशासनले भिडभाड नगर्न आदेश जारी गरिसकेकोले सामान्य अवस्था भएपछि पुनः सूचना गरेर महायज्ञ आयोजना गरिने उनले जानकारी दिएका छन् । ‘हामीले सवैलाई निमन्त्रणा समेत गरिसकेका थियौं’ कडरियाले भने ‘प्रशासनले नै भिडभाड नगर्न आदेश जारी गरेकाले स्वास्थ्यलाई ख्याल गरेर स्थगित गरेको हौं ।’ 

पत्रकार भेटघाटमा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण बजगाई, श्रीकृष्ण प्रणामी युवा परिषद प्रदेश नं. १ का अध्यक्ष अनिल ढुङ्गाना, श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक भुपाल शास्त्रीजी महाराजलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । 

पत्रकार भेटघाट कार्यक्रममा श्रीकृष्ण श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल युवा परिषदका केन्द्रीय सदस्य दिपक दाहाल, श्रीकृष्ण प्रणामी युवा परिषद झापा अध्यक्ष टहलदास ओली, बाइजुराज महिला समिति झापा अध्यक्ष मिरा ओलीलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममको सञ्चालन सत्गुरु श्री देवचन्द्र सदनका सचिव तारा खतिवडाले गरेको थिए । हरिप्रसाद, गंगादेवी, यशोदा, नेत्र कडरियालगायतले महायज्ञको आयोजना गरेका थिए ।

भिडियो पनि