बिर्तामोड ।
नेपाल पत्रकार महासंघ झापा शाखाको बिर्तामोड स्थित नयाँ बस पार्कमा रहेको कार्यालय भवनको पहिलो तला ढलाई कार्य सम्पन्न गरेको छ ।
केही दिन अघि कार्यालयको उस्तरोन्नती थालेको महासंघको पहिलो तलाको ढलाई शुक्रवार सम्पन्न भएको हो । एक कार्यक्रमकाबीच प्रदेश नं. १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष लीला बल्लभ घिमिरेले संयुक्त रुपमा भवनको उत्तरोन्नतीको शुभराम्भ गरेका थिए् ।
महासंघ झापाको कार्यालय भवन स्तरोन्नतीका लागि प्रदेश सरकारले ४० लाख र बिर्तामोड नगरपालिकाले १० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । जिल्लाका विभिन्न उद्योगी तथा ब्यवसायीहरुले पनि महासंघ भवन निर्माणमा सहयोग गरेको महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताएका छन् ।
महासंघले महावीर कन्ट्रक्शन बिर्तामोडलाई २०७९ बैशाख मसान्तसम्ममा पहिलो तला सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । उक्त तला सम्पन्नसँगै दोस्रो तलाको कार्य हुने अध्यक्ष गिरीले बताएका छन् । महासंघका उपाध्यक्ष केशव भट्टराई भवन निर्माण समितिका संयोजक रहेका छन् ।


















