बिर्तामोड । 

साहित्य चौतारी बिर्तामोड झापाले पर्यटन प्रवद्र्धनमा साहित्य कला संगीत र संस्कृतिको भूमिका विषयक कार्यक्रमको तयारी गरिएको छ । होटल हिकोला हेरिटेज काँकरभिट्टाको वार्षिकोत्सवको अवसरमा माघ २९ गते कार्यक्रम गर्न लागेको साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

 कार्यक्रममा साहित्कार विनोद खनालले पर्यटन प्रवद्र्धनमा साहित्य कला संगीत र संस्कृतिको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । त्यस्तै सोही कार्यक्रममा सारेगमप लिटल च्याम्पस्की विजेता कृपा पौडेल, उपविजेता रोषा फुँयाल, दभ्वाइस अफ किड्स नेपालका विजेता जेनिस उप्रेती, उपविजेता अनुजा कडरियालाई सम्मान गरिनुका साथै उनीहरुको प्रस्तुति समेत रहने साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारले बताए ।

सोही कार्यक्रममा साहित्य चौतारीका  संस्थापक सल्लाहकार  अग्रज साहित्यकार सरोज ओली र साहित्यकार तथा शिक्षासेवी लोकनाथ पौडेललाई विशिष्ठ सम्मान समेत प्रदान गरिने  उनले बताए ।

त्यस्तै साहित्य चौतारीका पाँचौ. वार्षिकोत्सवका प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार कुमार सुव्वा र वरिष्ठ गायिका लता मंगलेस्करको स्मृतीमा श्रद्धाञ्जलि सभा समेत गरिने उनले बताए ।  त्यस्तै आगामी चैतमहिनाको पहिलो शुक्रबारदेखि मासिक काव्य सभा गरिने बताइएको छ ।

 कार्यक्रममा संरक्षिका उर्मिला विमली श्रेष्ठ, उपाध्यक्ष कृष्ण सुवेदी निराकार, दिपक रायमाझी, वरिष्ठ सल्लाहकार अनिरुद्र ओली, सल्लाहकार राजेन्द्र संग्रौला, कृष्ण पौडेल, भवानी क्षेत्री, विनोद खनाल, कोषाध्यक्ष भवानी गौतम, चित्रा कोइराला, मणी वर्देवा, युवराज पोर्तेल, सहसचिव देवीचरण भण्डारी, सुनिता तामाङ, जीवनजगदिस खनाललगायतको उपस्थिति थियो भने 

कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोड झापाकी महासचिव खगिन्द्रा खुशीले गरेकी थिइन् ।