बिर्तामोड ।
लामो समयदेखि हल्दीबारी गाउँपालिकामा ठुलो समस्याको रुपमा रहेको भूमीहिन दलित, भूमीहिन सुकुम्वासीलाई जग्गा बितरण र अव्यवस्थित बसोबासलाई समाधान गर्न सम्झौता भएको छ ।
नेपाल सरकार राष्ट्रिय भूमि आयोग १ न प्रदेश र हल्दिवारी गाउँपालिका बीच भूमीहिन दलित, भूमीहिन सुकुम्वासीलाई जग्गा बितरण गर्ने र अव्यवस्थित बसोबासलाई ब्यवस्थापन गर्न सम्झौता भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले बताए ।
सम्झौतामा नेपाल सरकार राष्ट्रिय भूमि आयोग १ न प्रदेशका सदस्य दाताराम खनाल र हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले हस्ताक्षर गरेका छन् भने रोवहरमा आयोगका झापा अध्यक्ष तीलकसिंह पाण्डे र गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपाने रहेका थिए ।


















