बिर्तामोड ।

 साहित्य चौतारी झापाले अग्रज स्रष्टा र सारेगमप लिटील च्याम्पस् तथा द भ्वाइस अफ किड्सका विजेता तथा उपविजेतालाई सम्मान गरेको छ ।   

साहित्य चौतारी झापाले संस्थाका संस्थापक सल्लाहकार तथा  साहित्यकार सरोज ओली र संस्थाका सल्लाहकार तथा दीर्घ शिक्षासेवी लोकनाथ पौड्याललाई अग्रज स्रष्टा सम्मान प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नी सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, ,सल्लाहकार कृष्णप्रसाद पौडेल, कोषाध्यक्ष भवानीप्रसाद गौतम लगायतले सम्मान गरेका थिए । 

  साहित्यकार एवम् साहित्य चौतारी झापाका मानार्थ सल्लाहकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्य, प्राज्ञ सुभद्रा भट्टराई अर्याल र गायक तथा संगीतकार जीवन अधिकारीको विशिष्ट आतिथ्य एवम्  साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ र उर्मिला विमली श्रेष्ठको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो । 

 सोही कार्यक्रममा गायन रियालिटी सो सारेगमप लिटिल च्याम्प्स नेपालका विजेता कृपा पौडेल र उप–विजेता रोशा फूयाल र द भ्वाईस अफ किड्स नेपालको विजेता जेनिस उप्रेती र उप विजेता अनुजा कडरियालाई  सम्मान गरिएको थियो ।