झापा । 

साहित्यकार लक्ष्मीप्रसाद निरौलाको कविता संग्रह सयपत्री माला विमोचन भएको छ । साहित्यकार निरौलाको सयपत्री माला बिहीवार दमक–९ स्थित हिमज्योती बिद्यालयमा विमोचन भएको हो ।

कविता संग्रहको विमोचन कार्यक्रमका प्रमुख अतिथि तथा प्राध्यापक मोहन भण्डारीले गरेका थिए । विमोचन गर्दै प्राध्यापक भण्डारीले सयपत्री माला कवि निरौलाले आफ्ना जीवनकालमा भोगेका र देखेका कुराहरुको संगालो  भएको बताए।  

 ८६ बर्षिय कवि निरौलाको २०१५ साल मै सयपत्री थुँगो कविता संग्रह प्रकाशित भएको थियो भने कवि निरौलाको यो १२ औं कृति हो । कृति विमोचन कार्यक्रममा  वक्ताहरुले प्रकृतिप्रदत संरचनाको रुपमा सयपत्री माला रहेको बताए । 

कृतिमा प्रस्तुत भएका कविताहरु कालजयी रहेको समेत उपस्थित साहित्यकारहरुले टिप्पणी गरेका थिए । कृतिमा कविको खारीएको प्रस्तुती आएको र त्यस भित्र अर्ति उपदेश, भजनमाला, औषधीमुलो, वोटविरुवा, साहित्य, धर्म लगायतका धरै कुरा कविता संग्रहमा समेटिएका छन् ।