शरणामती। 

झापाको झापा–३ कामाटोलीका कवि अग्निप्रसाद पौडेलको ‘प्रश्नोत्तर ज्ञान दर्पण’ नामक कृति विमोचन भएको छ। झापा गाउँपालिका साहित्य समाजले पौडेलको उक्त कृति विमोचन गरेको हो।

कार्यक्रममा झापा गाउँपालिका प्रमुख जयनारायण साहले  पुस्तकको विमोचन गरेका थिए । कार्यक्रममा अग्रज साहित्यकार कवि मित्रप्रसाद दाहालले  पुस्तकमाथि चर्चा गरेका थिए ।

दाहालले बाबू छोराको बिषयमा पुस्तक महत्वपूर्ण उपहार भएको बताए। लेखक पौडेलले आफ्नो कृतिमार्फत सानालार्इ ठुलाले कसरी आदर गर्ने, अज्ञान के हो? गुरु कसलाई मान्ने? कर्तव्य सबै कुरा  कृतिमा उर्तान खोजेको बताए । उनले पौडेलको यो कृतिले साहित्यरुपी हवेलीमा एउटा इट्टा थपेको जिकिर गरे ।

६८ वर्षीय कवि पौडेलले यो कृति २०६५ साल देखि लेख्न थालेका थिए। १४० पेजको ‘प्रश्नोत्तर ज्ञान दर्पण’ लाई पूर्णता दिएर पौडेलले  विमोचन गरेका हुन्  ।