लक्ष्मीपुर । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले संस्थाको २७ औं बार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाएको छ । 

लक्ष्मीपुर सेवा केन्द्रका सहयोग समिति संयोजक केदारसम्शेर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संबिधानसभा सदस्य हरिबहादुर राजवंशीको प्रमुख आतिथ्यमा सोमवार लक्ष्मीपुरमा बार्षिकोत्सव मनाइएको हो । 

बार्षिकोत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रममा सेवा केन्द्र प्रमुख उमेश भारतीले संस्थाको समग्र वस्तुस्थितिको जानकारी गराउँदै सेवा केन्द्रका वारेमा समेत जानकारी गराएका थिए । 

बार्षिकोत्सवको अवसरमा एक अर्काप्रति खुसी साट्ने क्रममा सेवा केन्द्रको हालको गतिविधि, सेवा, समुहमा लघुबित्त सदस्य थप गर्न, नियमित सदस्य बढाउन, कोही नदोहोरियौ कोही नछ्ट्यो अभियान सञ्चालन गर्नसमेत भारतीले आग्रह गर्दै सेवा कोरोना कहरको समयमा सदस्यलाई पोषण सामाग्री प्रदान, बचत, ऋण, बिमा, रेमिटान्स र संस्थाको सेवा सुबिधाका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा सांगेतिक कार्यक्रमसमेत गरिएको थियो ।

s1

कार्यक्रममा सहयोग समिति सदस्य दिब्यसोरा उप्रेती, लक्ष्मीप्रसाद उप्रेती, शिव सदन मन्दिर अध्यक्ष लेखनाथ दाहाल, जनसेवा समाज सुधार समितिका उपाध्यक्ष एलबहादुर गिरी, स्मार्ट लक्ष्मीपुर तथा खानेपानीका अध्यक्ष लीलाबहादुर कटुवाललगायतको उपस्थिति रहेको थियो । 

ऋण लगानी ३६ करोड ७६ लाख २९ हजार ५८ रुपैयाँ, बचत १८ करोड ५० लाख १५ हजार ३२० रहेको जनाइएको छ । त्यस्तै सेवा केन्द्र फुट भएर दुर्गापुर र घैलाडुब्बामा ८ सय जना रहेको जनाइएको  छ ।