दुर्गापुर ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दुर्गापुर सेवा केन्द्रले संस्थाको २७ औं बार्षिकोत्सवको अवसरमा दुईजना सफल उद्यमी सदस्यलाई सम्मान गरेको छ ।
सेवा केन्द्रले बार्षिकोत्सवको अवसरमा सोमवार सफल उद्यमी सदस्यका रुपमा भुमा मैनाली र रिता दर्जीलाई सम्मान गरेको हो ।

दुर्गापुर सेवा केन्द्रका लघुबित्त समुह सदस्य कलु थापाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष तथा प्रमुख अतिथिसमेत रहेका लीलाबहादुर बन्दङ्वाले उनीहरुलाई सम्मान गरेका हुन् ।
दुर्गापुर सेवाकेन्द्र प्रमुख पदम सापकोटाले संस्थाको वस्तुस्थिति वारे जानकारी, कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा स्वागत सेवा केन्द्रकी कर्मचारी निर्मला पुरीले गरेकी थिइन् ।

















