झापा ।
भोजपुर ट्यामके मयुङ्ग गाउँपालिका वडा नं. –३ मा जिल्लाकै पहिलो तथा एकमात्र उद्योग गरस चिया उघोगको उद्घाटन भएको छ ।
नेपाल चियातथा कफी बोर्डका कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा गत चैत्र १८ गते उद्योगको उद्घाटन भएको रञ्जित गिरीले जानकारी दिए ।
उद्योग उद्घाटनसँगै भोजपुरमा पनि चिया खेतीले उचित अवसर पाउने आशा किसानले गरेका छन् ।
बोर्डकाकार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराईले नै उपस्थितिमा उद्योगको उद्घाटन भएपछि चिया किसानहरु धेरै खुसी देखिएका छन् ।


















