शनिश्चरे । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था शनिश्चरे सेवा केन्द्रले पशुपालक उद्यमी सदस्यलाई एकदिने प्राविधक तालिम दिएको छ । 

सेवा केन्द्रले प्राविधिक तालिम अन्तरगत बंगुरपालक कृषकहरुलाई शनिवार (आज) अर्जुनधारा–६ स्थित दासपुलमा तालिम प्रदान गर्दै पशुका लागि औषधी समेत बितरण गरेको सेवा केन्द्र प्रमुख दीपक ओलीले जानकारी दिएका हुन् । 

४० जना संस्थाका सदस्यहरुको सहभागीता रहेको तालिमको सहजीकरण संस्थाका डा. कमलेश्वर भाटले गरेका थिए । कार्यक्रममा संस्था तथा कार्यक्रमको औचित्य माथि प्रकाश संस्थाका बिर्तामोड कार्यालयका अनुगमन अधिकृत धनश्याम रायले प्रकाश पारेका थिए ।

सोही तालिमका बिच कृषकहरुलाई पशुका लागि जुका, आइरन, आइभी म्याक्ट, सार्को फेरललगायतका औषधि वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख दीपक ओलीले गरेका थिए । पशुपालक कृषकलाई फिल्डमै गएर तालिम दिदै दाना बनाउन समेत सिकाइएको जनाइएको छ ।