• राजु बराल 

चन्द्रगढी ।

झापाको चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयको आयोजनामा कवि उमाकान्त पोखरेलको कविता सङ्ग्रह समयको शनिबार लोकार्पण गरिएको छ । 

साहित्यकार चुडामणि रेङमीको प्रमुख आतिथ्यमा भद्रपुर नगरपालिकाको वडा नं. १० को सभा हलमा सम्पन्न कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।

लेखनाथ पुस्तकालयका कार्यवाहक अध्यक्ष हरि नेउपानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लोकार्पण कृतिको टिप्पणी प्रा. डा. ठाकुरप्रसाद पोखरेलले गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि चुडामणी रेग्मी, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, पुस्तकालयका पूर्व अध्यक्ष नवराज घिमिरे, साहित्यकार पुन्यप्रसाद खरेल, होम सुबेदीले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा कृतिकार उमाकान्त पोखरेलले कविता सङ्ग्रहको बारेमा धारणा राखेका थिए । 

खगिन्द्रा खुशीले सञ्चालन गरेको कार्यक्रममा हरि किशोर आचार्यले स्वागत गरेका थिए ।  कविहरु लता खरेल, आरती पोखरेल, डा. खगेन्द्र दाहाल, मिना अधिकारी, मातृका सङ्गौला, तुलसी भट्टराई, देवी आचार्य र इन्द्र कटुवालले कविता वाचन गरेका थिए ।