बिर्तामोड । 

साहित्य चौतारी झापाको शनिवार (आज) को मासिक काव्यसभा लोकप्रिय गायक अरुण थापाको सम्झनामा समर्पित हुने भएको छ । अध्यक्ष हस्त परियारको अध्यक्षतामा  बसेको साहित्य चौतारीको बैठकले त्यस्तो निर्णय गरेको हो ।

साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले काव्य सभा गायक थापाको स्मृति विशेष सम्मानमा समर्पित हुने बताए । ‘थापाको २३ औँ स्मृति दिवस र काव्य सभालाई संयुक्त रुपमा मनाउन लागिएको हो’, संरक्षक श्रेष्ठले भने ।

मासिक काव्यसभा संयोजक सुनिता तामाङका अनुसार कार्यक्रममा सरगम संगीतालय, क्षितिज नाट्य समूह, मोरिक साधना कला केन्द्र, सिंहबाहिनी महिला समूह लगायतको प्रस्तुति रहनेछ । साहित्य चौतारीको विशिष्ट संगीत सम्मानद्वारा सम्मानित अनिरुद्र ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा समिर खरेलको विशेष प्रस्तुति रहने छ भने बालकलाकारले पनि आफ्नो प्रस्तुति देखाउने छन् । यसअघि अघिल्लो साता साहित्य चौतारीले २३ औँ वार्षिकोत्सव भव्य समारोहका बीच मनाएको थियो ।