झापा । 

झापामा प्रदेश स्तरीय आठ वटा खेल सञ्चालन हुने भएको छ । नवौं राष्ट्रिय खेलकुद अन्तरगत १ नं झापामा आठ वटा खेल हुने भएको हो । प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगिताका लागि झापामा हुन लागेका खेलहरुको तयारी करिव पूरा भएको छ ।

झापामा प्रदेशस्तरीय प्रतियोगिताका आठ खेल सञ्चालन हुने र ती खेलहरु जिल्लाका विभिन्न स्थानमा खेलाउने तयारी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)–ले जानकारी दिएका छन् । 

भद्रपुरस्थित मेची रंगशालामा महिला–पुरुष कबड्डी, महिला–पुरुष खो–खो र आर्चरी खेल हुनेछन् भने काँकरभिट्टामा महिला क्रिकेट र व्याडमिन्टन, दमकमा महिला भलिबल, तथा विर्तामोडमा तेक्वान्दो र शारीरिक सुगठनका खेलहरु हुने जनाइएको छ ।