झापा । 

नेपाल खेलकूद महासंघ झापाको सचिवमा शुक्रराज भण्डारी सर्वसम्मत् मनोनित भएका छन् । सचिव शैलेन्द्र सिटौलाले राजिनामा दिएर रिक्त रहेको सचिव पदमा महासंघ झापाको दोस्रो विस्तारित वैठकले भण्डारीलाई निर्बिरोध मनोनित गरेको अध्यक्ष भवानी बरालले जानकारी दिए । 

अध्यक्ष बरालद्धारा प्रस्तावित सचिवका लागि भण्डारीको नाम बिस्तारित भेलाले निर्विरोध मनोनित गरेको जनाइएको छ । महासंघका अध्यक्ष बरालको अध्यक्षता तथा महासंघ प्रदेश नम्बर १ का इन्चार्ज सन्तोष बान्तवाको प्रमुख आतिथ्यमा बसेको बिस्तारित बैठकले भण्डारीलाई मनोनित गरेको हो ।

स्वागत महासंघ झापा उपाध्यक्ष धनबहादुर तामाङले गरेको कार्यक्रममा बिशिष्ठ अतिथि महासंघका स्थायी कमिटी सदस्य तथा झापा इन्चार्ज चन्द्र प्रसाई, महासंघका स्थायी कमिटी सदस्य बिप्लप घोष, एमाले कनकाई नगर उपाध्यक्ष बिनोद रानालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघ झापा सदस्य तुलसी कार्कीले गरेका थिए ।